
१० असोज,काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न विभागिय मन्त्री सुदन किराती विमानस्थलनै पुगेका छन् ।
आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनै पुगेका हुन् ।