काठमाडौँ । रसियन सेनामा भर्ती भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।
सार्वजनिक भिडियोमा नेपाल सरकराले आफूहरुको उद्धारको लागि कुनै पहल नगरेकोले भारत र रुसको सम्बन्ध राम्रो भएकोले आफूहरुको पनि उद्धार गरिदिन उनीहरुले हिन्दी भाषामा नै अपिल गरेका छन् । उनीहरुका अनुसार उनीहरुको साथमा भारतीय नागरिकहरु पनि थिए । उनीहरुलाई भारत सरकारले उद्धार गरिसकेको छ । तर नोपाल सरकारले भने केही गर्न नसकेको उनीहरुको भनाई छ ।
उनीहरुका अनुसार पहिले पहिले ३० जना नेपालीहरु सँगै थिए । पछि उनीहरुलाई फरक फरक ठाउमा युद्धमा खटाइएको छ । केही गम्भिर घाइते समेत भएका छन् ।
सार्वजनिक भिडियोमा उनीहरुले भनेका छन्, ‘अहिले हामीहरु रसियाको आर्मीमा छौँ । हामी हाम्रो देश नेपालबाट आएका थियौँ । तर अहिले हामीलाई धेरै समस्या भईरहेको छ । हामीलाई हाम्रो एजेन्टले झुक्याएर यहाँ पठाएको हो । हामीलाई हेल्परको काम गर्ने भनेर पठाइएको थियो । तर यहाँ आएपछि हामीहरु लडाईँमा जानुपरेको छ । त्यसैले हामीहरु यहाँबाट निस्कन चाहन्छौँ । हामीसँग तीन जना भारतका नागरिकहरु थिए । उनीहरुलाई भारतले आफ्नो देश फर्र्काएको छ । तर हाम्रौ नेपाली एम्बेसीले हामीलाई कुनै सहयोग गरेको छैन । नेपालबाट केही भएको छैन । त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग मद्दत माग्न चाहन्छौँ । भारतले हामीलाई सहयोग गर्नेमा हामी आशावादी छौँ । नेपाल र भारतको राम्रो सम्बन्ध छ । त्यसैले हामी तापाईँहरुसँग मद्दत माग्न चाहन्छौँ । तपाईंहरुको देश र एम्बेसी निकै शक्तिशाली छ । हाम्रो नेपालबाट केही भरहेको छैन । हामी सबै नेपाल फर्कन चाहन्छौँ । किनभने हामीसँग धोका भएको छ । हेल्पर भनेर हानमीलाई युद्धमा पठाइएको छ । हामी कुल ३० जना थियौँ । अब जम्मा ५ जना मात्रै बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही गम्भिर घाइते भएका छन् । यदि केही हुनसक्छ भने हामीलाई पनि मद्दत गर्न चाहन्छौँ । नमस्ते ।’