काठमाडाैँ । सर्च इन्जिन गुगलले अबदेखि नेपाल भाषा (नेवारी भाषा) मा पनि उल्था गर्ने भएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई पहिचान गर्ने भएको हो ।
यसअघि १३३ वटा भाषामा उल्था गर्दै आएको गुगलले थप ११० वटा भाषा थपेको हो । जसमा नेपाल भाषा समेत समावेश भएको छ ।
नेपाल भाषा नेपालमा बोलिने पुरानो भाषामध्ये पर्छ। यसलाई हालै बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा समेत घोषणा गरेको छ।
वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राख्न लागिएकको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।