काठमाडौँ । सरकार र आरती साहको परिवारबीच ५ बुँदे सहमति भएको छ । मृतक छोरी आरती साहको न्याय माग गर्दै उनका परिवार महिनौँदेखि काठमाडौँमा धर्ना दिँदै आएका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृह मन्त्रालयमै सहमति जुटेको हो ।
दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दावी छ । प्रहरी प्रशासन र अदालत दुबैले आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरु काठमाडौँ आएका थिए । न्याय नपाएसम्म घर नफर्किने अडानमा रहेका उनीहरुसँग आज सहमति जुटेको हो । सहमति जुटेसँगै आरतीका परिवारले आन्दाेलन फिर्ता लिएका छन् ।
सममति पत्रमा हस्ताक्षर गर्दै आरतीका परिवारले गृहमन्त्री लामिछानेलाइ साेधे ' फेरि न्याय माग्दै फलाेअपका लागि आउनु पर्छ की पर्दैन्' ? जवाफमा लामिछानले भने 'अब तपाईहरूकाे काम सकियाे, मेराे काम सुरू भयाे ।'