काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका एसपी अपिल बोहोराका अनुसार बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको हुन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।