
काठमडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्र छनोटको ओमानविरुद्धको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहति पौडेलले पनि अर्धशतक पुरा गरेका छन् । पौडेलले ३६ बलमा ५१ रन बनाएका हुन् ।
यसअघि अलराउण्डर गुल्सन झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक बनाएका थिए ।
आइतबार भएको खेलमा अर्धशतक प्रहार गरेसँगै आफ्नो टि–२० आई करिअरको गुल्सनको यो पहिलो अर्धशतक हो ।