प्रथम महिला मुख्य सचिवः सत्तालाई लोकरिझ्याईँ, निजामतिमा आतंक

सिधाकुरा

काठमाडौँ । साउन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक पेजबाट एक फोटोसहितको सन्देश पोष्ट गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख ओनसरी घर्ती र भर्खरै मुख्य सचिव नियुक्त भएकी लिलादेवी गड्तौला सहितको फोटो सेयर गर्दै उनले आफ्नो सकारात्मक पहलमा महिलाहरू देशको उच्च पदस्थ स्थानमा पुगेको घुमाउरो दाबी गरे । 

३१ जेठको ओली मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन ४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्यो । यही कुराको जस लिन ओली सचिवालयले फेसबुकमा लोकरिझ्याइँका लागि यो प्रचार गरेकामा दुई मत छैन । 

सरकारको उक्त निर्णयसँगै निजामती सेवाको सबै भन्दा उच्च पदस्थ पदको नियुक्ति पाउने गड्तौला पहिलो महिला त बनिन् । तर, गड्तौलाको नियुक्ति महिला भएका कारण पद पाएको जसरी चर्चा भइरहेको छ । निजामती सेवाको विधि र प्रक्रियाका हिसाबले भने उनको नियुक्ति समग्र सङ्गठनको हित, विधि र प्रक्रिया मिचेर भएको भन्दै भित्रभित्रै भुसको आगो झैँ असन्तुष्टी चुलिएको छ । 

मुख्य सचिव पदमा गड्तौलाको नियुक्ति र यसलाई वर्तमान सरकारले गरेको बजारीकरण हेर्दा करुणाका कारण पद दिइएको जस्तो देखिन्छ । तर, राजनीतिमा चतुर खेलाडी मानिने ओलीले गड्तौलालाई ३९ दिनको मुख्य सचिव बनाएर विगतको भन्दा पनि तल झरेर विधि मिच्ने कामलाई निरन्तरता दिएको कुराले निजामतीमा आशंका र विधि मिचिएको चिन्ता भने विकराल बन्दै गएको छ । गड्तौलालाई पहिलो महिला मुख्य सचिव बनाएको भनेर जसरी समाज उनको वाहवाहीमा हौसिएको छ त्यसैमा टेकेर समग्र निजामती संयन्त्रमाथि ओलीले धावा बोल्ने जोखिम कायमै छ । जसको असर समग्र निजामती कर्मचारी सङ्गठनले लामो समयसम्म ब्यहोर्नु पर्नेछ । त्यो कसरी ? यसका लागि हालका मुख्य सचिव गड्तौला महिला भएकै कारण उच्च पद पाउनु जायज हो भन्ने भाष्यलाई एकछिन थाती राखेर विधि र प्रक्रियासँग सरकारको निर्णयलाई दाँजेर यहाँ चर्चा गरौँ ।

तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले गड्तौलालाई असार ९ गते निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको थियो । 

३१ असारमा बसेको परिवर्तित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सम्पूर्ण अधिकार सहितको कायममुकायम मुख्य सचिवको जिम्मेवारी तोक्यो भने ४ साउनको मन्त्रिपरिषद्ले गड्तौलालाई ३९ दिनका लागि मुख्य सचिव नियुक्त गर्यो ।

३९ दिनपछि (२०८१ भदौ १५ अर्थात अबको १८ दिनपछि) सेवा निवृत्त हुने मुख्य सचिवले निजामती सेवालाई थप उचाई दिन सक्ने अच्छुक जादु त केही हुने वाला छैन । तर, उनैको नियुक्तिलाई टेकेर ओली सरकारले वा भविष्यमा बन्न सक्ने सरकारले विधि मिच्नलाई भने अब थप खुला मैदान तयार भएको छ । 

कार्य सम्पादन नियमावलीले मुख्य सचिव हुनका लागि मुख्यतः तीन वटा योग्यता र शर्तलाई पहिलो प्राथमिकता मानेको छ । जसअनुसार मुख्यसचिव पदमा नियुक्त हुनका लागि वरिष्ठता, उत्कृष्ट कार्यसम्पादन र निर्णय क्षमतामा अब्बल हुनुपर्छ । तर, गड्तौला यी तीनै योग्यतामा कतै पर्दिनन् । 

के गड्तौला वरिष्ठ सचिव हुन् ? होइनन् । नेपाल सरकारको राजपत्राकिंत विशिष्ट श्रेणी सचिव र सो स्तरको पदमा यो लेख तयार पार्दासम्म ६९ जना राष्ट्र सेवक कार्यरत छन् । 

ति मध्ये प्राविधिक र अन्य सेवा समूहमा रहेकाहरुलाई छोडेर हेर्ने हो भने मुख्य सचिव हुनसक्ने समूहमा ४४ जना सचिवहरु बहाल छन् । जसमध्ये गड्तौला वरिष्ठतामा ११ औँ नम्बरमा पर्छिन् । मुख्यसचिव हुने लाइनमा रहेकामध्ये तोयम राय महालेखा परीक्षकमा नियुक्त भए, टेक नारायण पाण्डे निलम्बनमा छन् भने सुदर्शन खड्का संसद सेवा समूहका भएका कारण मुख्य सचिव हुन पाउने सेवा समूहकै हिसाबले उनी वरिष्ठतम् सचिवको सूचीमा ८ औँ नम्बरकी हुन् । 

लिलादेवी गड्तौला २०५२ साल पुष २६ गते निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०२३ साल भदौ १५ गते जन्मिएकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिव नियुक्त भएकी थिइन् । निजामती किताब खानाको अभिलेख अनुसार गड्तौला भन्दा वरिष्ठतम् ११ मध्ये ७ जना सचिवहरु हाल वहाल नै छन् । 

अहिले बहालमा रहेका मध्ये वरिष्ठता क्रममा डा.तोयनारायण ज्ञावाली (हाल राष्ट्रिय योजना आयोग) पहिलो नम्बरमा छन् । दोस्रोमा रामकृष्ण सुवेदी (सार्वजनिक खरिद अनुगमन कार्यालय), तेस्रोमा दिनेश भट्टराई (महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय), चौथोमा एक नारायण अर्याल (गृह), पाँचौमा अर्जुन प्रसाद पोखरेल (भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण), छैटौँमा उदयराज सापकोटा (कानुन) र सातौँमा मधु कुमार मरासिनी (उपराष्ट्रपति कार्यालय) गड्तौला भन्दा वरिष्ठतम् सचिवहरु हुन् । 


तोयानारायण ज्ञवाली २०७६ भदौ २२ मा सचिव नियुक्त भएका थिए । रामकृष्ण सुवेदी सोही वर्षको कात्तिक ५ गते, दिनेश भट्टराई माघ २९ गते, एक नारायण अर्याल चैत १८ मा सचिव बनेका थिए । यस्तै अर्जुन पोखरेल २०७७ वैशाख २ गते सचिव भएका थिए भने उदय सापकोटा सोही वर्षको जेठ २८ गते र सुर्दशन खड्का जेठ ३० गते सचिव बनेका थिए । यस्तै, सचिव मधुकुमार मरासिनी २०७७ साउन १२ गते सचिव नियुक्त भए । २०७७ कात्तिक २७ गते लिलादेवी गड्तौला सचिव भएकी थिइन् ।

ओली सरकारले मुख्यसचिव बनाएकी गड्तौला हालका बहालवाला वरिष्ठतम् ७ जना सचिव भन्दा कनिष्ट हुन् । गड्तौला लगत्तै गोकर्णमणी दवाडी सचिव भएका थिए ।

गड्तौला उत्कृष्ट कार्य सम्पादन भएकी सचिव हुन् ? होइनन् । उनले आफ्नो जागिरको ३ दशकमा देशको भूगोल र परिस्थितिको अनुभव नै नभएको र उनको जागिरको सबै समय कानुनी राय लेखेरै बितेको उनलाई चिन्नेहरु बताउँछन् । सचिव पदमा पदोन्नती भएपछि समेत उनले मन्त्रालयको जिम्मेवारी समेत सम्हालिनन् ।

देश, भूगोल, प्रशासन र कर्मचारी संयन्त्र नै नबुझेकी एक कर्मचारीलाई ओली सरकारले के देखेर उत्कृष्ट कार्य सम्पादनको पदका लागि नियुक्त गर्यो भन्ने चिन्ता र चासोले अहिले निजामती क्षेत्र तरंगित बनाएको छ । त्यसको जावाफ स्वयम् प्रधानमन्त्री ओलीले देलान् ।

तिक्ष्ण निर्णय क्षमतामा पनि गड्तौलाको सम्झनलायक कुनै अनुभव कर्मचारी वृत्तमा नभएको निजामती सेवाका वर्तमान र पूर्वहरु सुनाउँछन् । भलै विवादमा नपरेको, स्वच्छ छवी र इमान्दार भएर जागिरे जीवन बिताएकी लिलादेवीको ३९ दिने पहिलो महिला मुख्यसचिव पद सत्ताको अनैतिक स्वार्थ पूर्तिको प्रयोग नहोस् भन्ने नै उनको कार्यकालको उच्च कार्य सम्पादन हुनेछ ।

जागिरे जीवनभर शिक्षा मन्त्रालय मातहतमा काम गरेका टेक नारायण पाण्डेलाई गृहसचिव बनाएर ओली सत्ताले कुन खाले स्वार्थ पूर्ति गर्यो अहिले सबैका सामू छर्लङ्ग छ । त्यसो त लिलादेवीको लोकरिझ्याइँभित्र सत्ताले उनलाई टेकनारायणको बाटो त हिँडाउँदै छैनन् ? भन्ने आशंका पनि निजामतीमा उत्तिकै छ । 

लिलादेवीलाई मुख्य सचिव बनाउँदा उनी भन्दा वरिष्ठतम् भएर पनि मुख्य सचिव पद हात लागिहाल्ने आसमा ७ जना वरिष्ठतम् सचिवहरु बसिरहेका छन् । उमेशनाथ मैनाली, शंखर कोइराला लगायतका २०५६ याताका दर्जन बढी वरिष्ठतम् सचिवहरुको आदर्शलाई उनीहरुले पक्कै हेक्का राखेकै होलान् । 

लिलादेवीपछि अझै पद पाउँछुकी भन्ने आशमा उनीहरु बसेका छन् भने उनीहरुले बुझुन् एक वर्ष कनिष्ट र ११ औँ बरियताकी गड्तौलालाई सत्ताले चाहेको बेला मुख्यसचिव बनाउन सक्छ भने ७ भाइहरु अबको मुख्य सचिवको लायक रहन नसक्ने जोखिम भने कायमै छ ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||