टी–२० त्रिकोणीय शृंखलाको पहिलो खेलमा नेपालले जितका लागि ९९ रनको लक्ष्य पाएको छ। भारतको साई भेगपन स्पोर्टस् लाइफ क्रिकेट खेलमैदानमा आइतबार भएको खेलमा नेपालले गुजरातलाई ९८ रनमा अलआउट गरेको हो ।
फास्ट बलर गुलशन झा र करण केसीको घातक बलिङमा १८.२ ओभरमा गुजरात अलआउट भएको हो । आजको खेलमा गुल्सन झाले चार तथा करणले तीन विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र अविनाश बोहराले एक–एक विकेट लिएका छन् ।