काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिनका लागि पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् ।
बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण सहित घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गर्न एक महिनाको समय सहित आयोगलाई जिम्मेवारी दिइएको छ ।