इजरायलमा भएकाे प्यालेस्टाइन हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् ।
रिजालले हिमालय टेलिभिजनसँगको अन्तर्वाताको क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेकी हुन् । उनले भनिन्, ‘ हामीसँग निकै दुखद सूचना छ, १० जना नेपाली विद्यार्थी हामीसँग नरहेको सूचना आएको छ । हामीले यसलाई आधिकारीक मान्नुपर्छ । ’
त्यस्तै रिजालका अनुसार इजरायल भएको प्यालेस्टाइनको हमलामा परि घाइते भएका ३ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने अन्य ३ जना सुरक्षित अवस्थामा छन् । त्यस्तै एकजना भने हालसम्म दूतावासको सम्पर्कमा आएका छैनन् ।