युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान 'तेलअभिभ विमानस्थल' पुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज केही बेर अघि इजरायल पुगेको छ ।
उद्धारका लागि गएको नेपाल एयरलाइन्सका विमानको चालकदलमा अप्रेसन डाइरेक्टर सिनियर पाइलट श्रवण रिजाल सहितको टोली रहेको छ ।
पाइलट रिजाल यस अघि काबुलमा मारिएका नेपालीको शब सहित २४ जना नेपालीको उद्धारमा पनि खटिएका थिए ।
अहिले तेलअभभि विमानस्थलमा स्देश फर्किनका लागि २४० बढी विद्यार्थी जम्मा भएका छन् । तेलअभिभ विमानस्थलमा भएका विद्यार्थीहरूका अनुसार अहिले अध्यागमनको प्रकृया चलिरहेको छ भने केही बेरमा नेपाल फर्किन विमान उड्ने छ ।
आज विमानको क्षमता अनुसार २५४ जना मात्रै विद्यार्थीलाई ल्याइदै छ । बाँकी विद्यार्थीको अन्य उडानबाट उद्धार गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। 'हमास'को आक्रमण परि ज्यान गुमाएको १० नेपाली विद्यार्थीको शब ल्याउन भने केही समय लाग्ने देखिएको छ ।