
५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।
ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसनबीच आज बालकोटस्थित ओली निवासमा भेट भएको हो । भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओली सचिवालयले जानकारी दिएको छ ।