
६ भदौ, काठमाडौं । संसद खुलाउने विषयमा दलहरुबिच २ बुँदे सहमति भएको छ । यसअघि सुन प्रकरणलाई लिएर निरन्तर संसद अवरोध हुँदै आएको थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरुको बैठकले संसद खुलाउने विषयमा सहमति गरेका हुन् । केही समयमा उक्त सहमतिमा हस्ताक्षर हुने छ ।