काठमाडाैँ । सभामुख देवराज घिमिरेले सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
सरकारले माघ १८ गतेको संसद बैठकमा दर्ता गरेको ६ वटा अध्यादेशको विपक्षी दलहरुले चर्को विरोध गरेका थिए । उनीहरुले सरकारले सदनबाट नभएर ‘चोर बाटो’बाट अध्यादेश ल्याएको भन्दै विरोध गरेका थिए । सो विषयमा छलफल गर्न सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका सचेतकलाई छलफलमा बोलाएका हुन् ।
सभामुखले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतहरुको उपस्थित छ ।