विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ नियुक्त गरेका हुन् ।
उनलाई आजै संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।
श्रेष्ठ २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।
संवैधानिक परिषदको साउन १८ गते बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनको कार्यकाल २०८१ मंसिर २१ सम्म रहनेछ ।