
काठमाडौँ । आज काठमाडौंको बल्खु क्षेत्र दिनभर तनावग्रस्त बन्यो । राष्ट्र, राष्ट्रियता र नागरिक बचाउन अभियानको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँको समूहले सो ठाउँमा प्रदर्शन गरेको थियो । प्रदर्शन सुरुवातमै युवासंघका कार्यकर्तासँग ढुंगामुडा भएको थियो । दिउँसो भने प्रसाईँ समूह र प्रहरीबीच झडप भएको थियो । प्रसाईँ समूहका प्रदर्शनकारीहरुले निषेधित घेरा तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास र पानीको फोहरा वर्षाएको थियो । त्यसपछि भिड तितरवितर भएको थियो ।