लघुवित्त तथा सहकारी पीडितले संसद भवन परिसरमै छिरेर आन्दोलन गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणी र सहकारी पीडितहरु संसद भवन भित्र जबरजस्ती प्रवेश गरेर नाराबाजी गरेका हुन् ।
प्रवेश पास नभई प्रवेश गर्न नपाइने निषेधित क्षेत्रमा उनीहरु जबरजस्ती प्रवेश गरेका हुन् ।
लघुवित्तको ऋण तिर्न नसकेको साथै सहकारीबाट पीडित भएको भन्दै एक महिनाअघि विभिन्न जिल्लाबाट पैदल यात्रा गर्दै काठमाडौँ आएका उनीहरु आन्दोलन गर्दै संसद भवन प्रवेश गरेका हुन् ।
काठमाडौँ आएयता उनीहरु निरन्तर कहिले सिंहदरबार र कहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा प्रदर्शन गरिरहेका छन् ।