पोखरा । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि पोखरामा नियमित प्रदर्शन गरिरहेको छ।
आज पोखराको जिरोकिलोमा भेला भएर सुरु भएको विरोध प्रदर्शन यतिबेला अम्मरसिंह चोक पुगेर कोण सभामा परिणत भएको छ । पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालका अनुसार दिउँसो १ः३० बजे जिरो किलोबाट ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम सुरु भएको थियो ।
लामिछानेले सहकारीको रकम गोरखा मिडिया ल्याउन कुनै भूमिका नदेखिएको सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिए पनि मिडियामा आएको पैसा कार्यालय सञ्चालनमा खर्च गरेको विषयमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो । लामिछाने ५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।