काठमाडाैँ । श्रीमान चेतना मानन्धरको हत्यारालाई सरकारको सिफारीसमा राष्ट्रपतिले दिइएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको भोलिपल्ट भारती मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
आज बिहानै ओली निवास बालकोट पुगेकी उनले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् । भारतीलाई सान्त्वना दिँदै ओलीले सरकारले गरेको अन्यायविरुद्ध आफू सधैँ साथमा रहेको बताएका थिए ।
ओलीले स्वास्थ्यको ख्याल राख्नु राम्ररी उपचार गराउनु समेत भनेको भारतीले बताइन् ।