काठमाडौं । सरकारले नेपालमा टिकटक प्रतिबन्द गरेपछि यसको विकल्पमा नेपालीहरुलेनै शर्ट भिडिओ शेयरिङ प्लेटफर्मकारुपमा नेपाली एप ‘रमाइलो’ बनाएका छन् । आइडिया जार डिजिटल कम्पनीले बनाएको यो एप मङ्गलवारबाट एप स्टोहरुमा देखिन थालेको छ ।
१३ वर्ष उमेर भन्दा माथिकाले मात्रै चलाउन पाउने रमाइलो एपमा पनि भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा छन् । कन्टेन्ट क्रियटरलाई कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम समेत दिने छ । यो सुविधा भने केहि समय पछि मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ ।
सामाजिक सद्भावमा असर पुर्याउने सामग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ुकम्युनिटी गाइडलाइन्सु अन्तर्गत भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिदिने कम्पनीले जनाएको छ ।
यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोर उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।