काठमाडाैँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ योगराज ढकालविरुद्धको मुद्दाबाट पन्छिएका छन् ।
आममाफी पाएका हत्या अभियुक्त रिगल भनिने योगराज ढकालविरुद्धको मुद्धा प्रधानन्यायाधीश श्रेष्ठको पूर्ण इजलासमा हुने भनिएपनि अन्तिम क्षणमा आएर प्रधानन्यायाधिश श्रेष्ठले यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै मुद्दाको रिक्युजल घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीस श्रेष्ठले रिक्युजल घोषणा गरेसँगै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको भन्दै रिक्युजल घोषणा गरेका थिए ।
उनीहरुले अपरान्ह २ बजेपछि इजलासमा उक्त मुद्दा आफूहरुले हेर्न नमिल्ने हो कि भनेर महान्यायाधिवक्ता र रिट निवेदकलाई जानकारी गराएका थिए । उनीहरुको निवेदन र रिक्युजल घोषणापछि रिगलविरुद्धको मुद्दाको अर्को पेशी कात्तिक २४ गतेलाई तोकिएको छ ।