काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छिन् । चौधरीले आफूलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनले निलम्बनको पत्र सभामुखलाई पठाएकी हुन् ।
उनले दलका नेता चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र प्रदेशका सभामुखसामु पठाएकी हुन् । उनले चौधरीलाई पटकपटक बैठक बोलाउँदा पनि नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नपठाएको आरोप लगाउँदै निलम्बन गरेको जानकारी गराएकी छिन् ।
यसअघि अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि फिर्ता बोलाइसकेकी छन् ।