सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

युवराज कँडेल

८ भदौ, काठमाडौं । १० कात्तिक २०७८ देखि २०७९ साउन मसान्तसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारमा तस्करीको सुनबिरुद्ध विशेष अपरेसन चल्यो । सह–सचिव महेश भट्टराईको तस्करीबिरुद्धको कारबाहीबाट छट्पटीएका तस्कर समूहले उनलाई एकाएक सो जिम्मेवारीबाट हटाए । यसको मतियार थिए तत्कालिन अर्थमन्त्री जर्नादन शर्मा । उनै शर्माले भट्टराईलाई हटाएर संसदीय निर्वाचनको आचार–संहिता लाग्नुअघि अरुण पोखरेललाई विमानस्थल भन्सारको प्रमुखको जिम्मेवारी दिलाएका थिए ।


देशको सबै भन्दा ठूलो वीरगन्ज भन्सार कार्यालयको प्रमुख रहेका पोखरेलका लागि अर्थमन्त्री शर्माको यो निर्णय अर्थ प्रशासनका इमान्दार कर्मचारीका रुपमा बुझ्ने हो भने स्वयम् घटुवा र कारबाही थियो । तर, जर्नादन शर्मासँग निकट सम्बन्धमा रहेका पोखरेल तस्करका लागि रजाँई गर्न योजनाबद्ध रुपमा विमानस्थल भन्सार ल्याइएका पात्र थिए । उनले आफ्नो सरुवामा इन्जोय गरे ।


तिनै पोखरेलले नेतृत्व गरेको भन्सारबाट जाँच पास भएर एक महिनाअघि ६० किलो सुन छि¥यो । त्यो भन्दा पहिले चिनियाँ सुन तस्कर यात्रु ‘ली हानसोङ’ले ७३० थान इलेक्ट्रिक सिगरेट (भेप)मा राखेर ल्याएको ९ किलो सुन भित्र्याएका थिए । जुन सुन छुटाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महाराका बाबु छोरा नै लागि परेका थिए । भन्सारमा सुन भएको थाहा पाएका पोखरेलले सुन साटिएको थाहा पाएपछि मात्रै अनुसन्धानका लागि सीआईबीलाई पत्र लेखेको थिए । 

९ किलो सुन प्रकरणमा पक्राउ परी अहिले पुर्पक्षका लागि थुनामा रहेका विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले सीआईबीलाई दिएको बयानअनुसार भन्सारले जफत गरेको ९ किलो सुन सहितको इलेक्ट्रिक सिगरेटको लिलामी, सम्बन्धित यात्रु अर्थात ९ किलो सुनका तस्कर चिनियाँ नागरिक ली हानसोङलाई नै लिलाम सकार गर्ने व्यवस्था गर्न मौखिक निर्देशन दिएका थिए । 


९ किलो सुन प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलको समेत बयान लिएको थियो । 

सोहि दिनदेखि असार १७ गतेबाट लागू हुनेगरी बिरामी भएको भन्दै पोखरेलले एकै पटक करिब दुई महिना अर्थात भदौ १४ गतेसम्मका लागि विदा स्वीकृत गराएर बसे ।  

पोखरेल विदा बसेकै समयमा ‘ब्रेक शु’ भित्र सुन ल्याउने रेडी टे«डर्स प्रालिले ५ वटा आयातमा ९८० थान ‘बे्रक शु’ अर्थात ८९९ किलो नेपाल भित्रिएको छ । पोखरेल विदा बसेको भोलिपल्टै असार १८ गते ११४ किलो तौल भएको १२० सेट ‘ब्रेक शु’ भित्र्यायो भने असार २१ गते ७६ किलो तौल भएका  ८० थान ‘ब्रेक शु’, २४ गते ११६ किलो तौल भएको  ‘१६०’ थान ‘ब्रेक शु’ भित्र्याएको छ ।

 

यस्तै असार २७ गते ११४ किलो तौल भएको १२० थान ‘ब्रेक शु’ भित्र्याएको थियो । तर साउन २ गते भने १५५ किलो तौल भएको ‘ब्रेक शु’ भित्र्याउँदै गर्दा राजश्व विभागले बरामद गर्यो । उक्त ‘ब्रेक शु’को अनुसन्धान गर्दा सुन भएको फेला पर्यो । यसबाट स्पष्ट हुन्छ कि यसअघि रेडी टे«डर्सले भित्र्याएको ९ सय ८० थान अर्थात ८९९ किलो ‘ब्रेक शु’ पनि सुनकै थियो । 


आफू प्रमुख रहेको कार्यालयबाटै यति धेरै सुन तस्करी हुँदा पनि तत्कालीन भन्सार प्रमुख विदा लिएर चुपचाप बसेका छन् । 

सोही समयमा रेडी टे«डर्सले ५ पटक गरी १ हजार ५४ किलो सुनसहितको ‘ब्रेक शु’ भित्रिएको छ ।

सुन प्रकरणको अनुसन्धान सुरु हुने वित्तिकै लामो विदा स्वीकृत हुनु आफैँमा शंकास्पद देखिएको छ । 

सयौं किलो सुन पास गराएको भन्सारबाट निम्छरा ३ जना कर्मचारी समातिएका छन् । उनीहरुमाथिको अनुसन्धान जारी छ । तर, अचम्म भन्सार कार्यालयको नेतृत्व गरेका पोखरेल कहाँ छन ? उनी कारबाहीका भागिदार हुन वा होइनन् ? कसैलाई अत्तोपत्तो छैन् । हामीले फोन म्यासेज गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् ।

अरुण पोखरेल र सुन तस्करी 

११ महिना विमानस्थल भन्सारको नेतृत्व गरेका पोखरेल १७ असारदेखि भने कार्यालयमा उपस्थित थिएनन् । उनले बिरामीको बहाना बनाएर गैरकानूनी ढंगबाट २ महिना लामो बिदा लिएको १५ दिनपछि उनको नेतृत्वको कार्यालयबाट भन्सार जाँचपास भएको ६० किलो सुनसहितको ‘ब्रेक शु’ बरामद भएको थियो । आफ्नो नेतृत्वको कार्यालयबाट ठूलो परिमाणमा सुन बरामद हुँदा पोखरेल भने चीन हुँदै दुबई पुगेका थिए । बिरामी भएको र नेपालमै आराम गर्ने भनेर बिदा मागेका पोखरेल कसरी चीन र दुबई पुगे खुलेको छैन । तर, उनी कार्यालयको जिम्मेवारीमै रहेको बेला रेडी ट्रेडर्सले नै आयात गरेको ‘ब्रेक शु’को भन्सार जाँचपास हुने गरेको विवरण हामीलाई प्राप्त छ ।  

रेडी ट्रेडर्सले नेपालमा पहिलो पटक १० जेठ २०८० (२४ मे २०२३) देखि यस्ता वस्तुको आयात गर्ने गरेको पाइएको छ । सबै भन्दा पहिलो पटक उसले चाइनीज कम्पनी जिएनजेन फेनटङ (JIANGNEN FENTONG)  बाट ३४ किलो ब्रेक प्याड आयात गरेका थिए । उनी बिदा बस्नु (असार १७) अघि करिब आधा दर्जन पटक ब्रेक प्याड आयात भएको देखिन्छ । 


सुन बोक्ने कम्पनीले यत्तिका धेरै सामान आयात गरिसकेको र ति सबैमा सुन नै ल्याएको राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धान छ ।

जसले पोखरेल सुन भन्सार जाँचपासको प्रमुख भूमिकामा रहेको बुझिन्छ । उनीसँगै काम गरेर भन्सारका अन्य कर्मचारीहरु आफ्नो कार्यालयमा यति ठूलो तस्करीको घटना हुँदा पनि पोखरेल सम्पर्कमा समेत नआएकामा दुखी छन् । ‘कार्यालय प्रमुखको सहयोगबिना यत्रो आँट कसैले गर्न सक्दैन ।’ एक कर्मचारीले भने । ‘तर उनले राजनीतिक ओत लिएर, अन्य कनिष्ठ कर्मचारीलाई मात्रै तस्करीको आरोप लगाए । सरकारले अहिले उनैलाई खुसुक्क मन्त्रालय तानेको छ ।’

अर्थको लहरो तानिने डरले जोगाइँदै अरुण पोखरेल

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको सिफारिसमा अर्थ सचिव अर्जुन पोखरेलले अरुणको बिदा स्वीकृत गरेका थिए । तर, विमानस्थल भन्सार जस्तो संवेदनशिल कार्यालयका प्रमुखको २ महिनाको लामो बिदा स्वीकृत गर्दा भन्सार विभाग र अर्थ मन्त्रालयले कानूनी बाटो पुरा गरेको छैन । निजामति सेवा नियमावलीले सरकारी कर्मचारीले प्रत्येक वर्ष १२ दिन बिरामी बिदा लिन पाउने व्यवस्था गरेको छ । त्यसमा बढीमा १२ दिनमात्रै थप गर्न पाइन्छ । यदि सोभन्दा बढीको बिरामी बिदा लिन डाक्टरको सल्लाह (प्रेस्क्रिप्सन) को प्रमाण अनिवार्य पेश गर्नुपर्छ । यति गर्दा पनि थप ७ दिन मात्रै बिदा लिन पाइन्छ । तर, पोखरेलले पाएको २ महिनाको बिदा आफैँमा शंकास्पद छ । 

सुन तस्करीको अनुसन्धान चलिरहँदा अहिले उनको ठाउँमा डा.टोकराज पाण्डेलाई खटाइएको छ । पोखरेल अर्थ मन्त्रालय तानिएको भनिएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले भने अरुण पोखरेललाई मन्त्रालय सरुवा गरिएको बताए । शर्माका अनुसार उनलाई अहिलेसम्म कुनै जिम्मेवारी भने तोकिएको छैन । पोखरेल मन्त्रालयको सम्पर्कमा छन ? भन्ने प्रश्न शर्माले भने ‘भदौ १७ सम्म विदा स्वीकृत भैसकेकाले उहाँ मन्त्रालय आउनु भएको छैन ।’


भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि अरुण पोखरेल मन्त्रालय सरुवा भएको सुनेको तर विभागमा बोधार्थ नआएको बताए । यति लामो विदा किन स्वीकृत गर्नु भयो ? भन्ने प्रश्नमा पोखरेलले ढाडमा समस्या आएको चिकित्सकको प्रेस्कृप्सन पेश गरेकाले विदा स्वीकृत गरेको बताए ।  


६० किलो सुन तस्करी प्रकरणमा भन्सार विभागले विमानस्थल भन्सारको आन्तरिक छानबिन गरेको थियो । महानिर्देशक पौडेलले अनुसन्धान प्रतिवेदन तयार भैसकेको बताए । उनले विस्तृतमा खुलाउन चाहेनन् । उक्त अनुसन्धानमा अरुण पोखरेलको भुमिको के देखिएको छ भन्ने प्रश्नमा उनले भने–‘व्यक्तिगत रुपमा नजाउँ तर सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार प्रशासनको कमजोरी, लापरवाही देखिएको छ, बदनियत पनि हुनसक्छ ।  

पोखरेलको राजनीतिक टेको 

पोखरेल माओवादीसँग नजिक रहेका सहसचिव हुन् । २०७६ असारमा  खुल्ला प्रतिष्पर्धाबाट उनी सहसचिव भएका थिए । सहसचिव भएपछि केही समय सामान्य प्रशासन मन्त्रालय बसेका उनको त्यसपछि गृह मन्त्रालय सरुवा भएको थियो । त्यसपछि पनि सोही वर्ष सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको गृहमन्त्रालयको अभिलेखमा देखिन्छ । २३ चैत २०७७ मा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी भएका उनी २०७८ असोजसम्म त्यहाँ रहे । त्यसपछि उनलाई ४ कात्तिक २०७८ मा ‘देशकै सबैभन्दा ठूलो भन्सार’ वीरगन्जको प्रमुखमा लगिएको थियो । 

निजामति सेवा ऐन विपरित गैर सेवा समूहमा लगेर उनको सरुवा भएको थियो । प्रशासन समूहका पोखरेललाई अर्थ मन्त्रालयले राजश्व समूहको त्यो पनि देशकै सबैभन्दा ठूलो भन्सारको जिम्मा लगाएको थियो । वीरगञ्जको भन्सारमा हुँदैमा तस्करीलाई लाइन दिएको आरोप लागेका पोखरेललाई २०७८ भदौ ८ मा अर्थमन्त्री जर्नादन शर्माले विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिएका थिए । 

'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस् 

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....