काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।
उनले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन अनुरोध गर्दै सेन्सर बोर्डलाई पत्र लेखेका हुन् ।
यस्ता छन् बालेनले सेन्सर बोर्डलाई दिएको सुझाव ः
१. नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारण गर्न रोक लगाउने ।
२. पञ्चशीलता सिद्धान्त÷शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने ।
३. कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।
४. कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।
त्यस्तै उनले फिल्म सेन्सर बोर्डले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकरात्मक प्रभाव कम गर्नको लागि गरेको कामको बताएका छन् ।