काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध हटाउने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजालासले टिकटक प्रतिबन्धबारे सरकारलाई कारण देखाउ आदेश भने गरेको छ ।
कात्तिक २७ को मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि रोक लगाउन गरेको निर्णय वाक तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताउँदै सर्वोच्चमा १४ ओटा रिट दर्ता भएका थिए ।
मंगलबार ती रिटउपर भएको छुट्टाछुट्टै बहसपछि सर्वोच्चले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।
मंसिर ५, २०८० १०:१३ मा प्रकाशित