वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा हरि पन्त सर्बसम्मत रुपमा चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका महामन्त्री मनिष साहले एक कार्यक्रमका बिच पन्तलाई पर्सा जिल्ला संयोजकको रूपमा चयन गरेको पत्र हस्तान्तरण गरेको हो ।
होटल ब्यबसायी माहासंघ नेपालका केन्द्रिय सचिव र होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष रहेका उनी यस क्षेत्रका उदयमान व्यवसायी हुन् ।
वीरगंज उद्योग बाणिज्य संघको कार्यकारिणी समितिमा सदस्य समेत रहेका उनी होटल, मार्ट लगायत व्यवसाय गर्दै आएका व्यक्ति हुन् ।
पार्टीको बिधान बमोजिम सम्बन्धित जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उपसंयोजक निर्वाचित हुने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार पन्तलाई सर्वसम्मत रूपले जिल्ला संयोजक चयन गरेको प्रदेश महामन्त्री साहले बताए ।
जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पुर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी , प्रतिनिधि र गठित पालिका पदाधिकारी हरुको मतले प्रदेश सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यबस्था रहेको छ । सोहि अनुरुप उनी डेढ महिना अघि दुई तिहाइ भन्दा बढी मतका साथ बिजयी भएका थिए । पार्टीका केन्द्रिय माहामन्त्री डा मुकुल ढकालको विशेष उपस्तिथिमा उनलाई संयोजक चयन गरिएको हो ।