काठमाडाैँ । विगत लामो समयदेखि विभिन्न माग राख्दै माइतिघरमा धर्ना दिँदै आएकाहरु माइतिघरमा सरकारले निषेधित क्षेत्र घोषणा गरेसँगै शान्तिबाटिकामा आश्रय लिइरहेका थिए । तर शान्तिबाटिकाबाट पनि काठमाडौँ महानगरपालिकाले केही दिनअघि उनीहरुलाई हटाएर चाबी लगाएपछि उनीहरुको बिचल्ली भएको छ । मंगलबारबाट शान्तिवाटिकाबाट महानगरले हटाएपछि उनीहरु आफू कहाँ जाने भन्ने अन्यौलमा छन् । उनीहरुले शान्तिबाटिकाको अगाडिको फुटपाथमै पाल टाँगेर बास बिताइरेका छन् ।
उनीहरुले सडकपेटीमै खाना बनाउन, खाने र त्यहीँ सुत्ने गरेका छन् । उनीहरु आफूहरुले ठाउँ नछोड्ने अठोट लिएर चिसो फुटपाथमा रात काटिरहेका छन ।