काठमाडौँ । तिब्बत केन्द्र बिन्दु भएर गएको भूकम्पले नेपालमा पुर्याएको क्षति र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली क्षेत्रमा रहेका सबै प्रहरी इकाईलाई अवस्था बुझ्न र क्षति भएको भए उद्धारमा जुट्न निर्देशन भएको प्रहरी मुख्यालयले जनाएको छ ।
'खासगरी उत्तरी हिमाली क्षेत्र केन्द्रित गरेर यस्तो निर्देशन भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले बताए । अहिलेससम्म भौतिक र मानवीय क्षतिको विवरण छैन्,' उनले भने,'तर, तिब्बतसँग सिमाना जोडिएको क्षेत्रमा असर परेको हुनसक्छ, त्यस क्षेत्रका सबै प्रहरीलाई परिचालन गरिएको छ ।'
चीनको डिङ्गे काउन्टी क्षेत्रमा केन्द्र बिन्दू भएर भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक मोनिका झाका अनुसार नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडकाे भूकम्प भएको थियाे ।