दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित

काठमाडाैँ । नेपाली क्रिकेटको राष्ट्रिय पोशाक, टाउकोमा हेल्मेट, हातमा ग्लोभ्स, घुँडामा प्याड्स र खुट्टामा जुत्ता लगाएर स्कुल छुट्टी हुनेबित्तिकै खेलमैदानमा टुल्स ब्याग बोकेर क्रिकेट खेल्न पुग्छन्, ५ वर्षीय अर्पित कार्की । सानै उमेरमा क्रिकेट खेलेर आफ्नो छाप छोडिरहेका अर्पित सबैको लोकप्रिय बनेका छन् । धेरैले उनको खेल कला देखेर उनी राम्रो क्रिकेटर बन्ने आँकलन गरेका छन् । 


अर्पित एलकेजीमा पढ्छन् । सँगै रेगुलर क्रिकेट अभ्यास गर्छन् । उनका बाबुले उनको arpit.karki8 नाममा टिकटक अकाउण्ट बनाइदिएका छन् । छोराले क्रिकेट खेलेको भिडियो उनले त्यही अकाउण्टमा राखिदिन्छन् । सो अकाउण्टलाई हजारौँले फलो गरेका छन् । लाखौँले उनले क्रिकेट खेलेको हेर्ने गरेका छन् र मन पनि पराएका छन् । कमेण्टमार्फत हौसला दिइरहेका हुन्छन् । 

त्यही लोकप्रियताले अर्पित सानै उमेरमा विश्वस्तरीय खेल प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ का लागि कर्णाली याक्सको टिममा अनुबन्ध हुने मौका पाए । उनलाई कर्णाली याक्सले ‘योंगेस्ट फेस’ का रुपमा अनुबन्धन गरेको थियो । 


अनि सुरु भयो क्रिकेट यात्रा ...

ओखलढुङ्गा घर भएर काठमाडौँको टोखा बस्दै आएका बाबु योगेन्द्रले अर्पितलाई सानै उमेरदेखि उपहारमा ब्याट दिन्थे । 

क्रिकेटर बन्ने आफ्नो इच्छा पूरा नभएपछि छोरालाई क्रिकेटर बनाउने सपना बुनेका योगेन्द्रले २ वर्षकै उमेरदेखि अर्पितसँग बल र ब्याट लिएर खेल्थे । अर्पित पनि त्यसैमा खुसी हुन्थे । 


उमेर बढ्दै जाँदा अर्पितसँग बन्द कोठामा खेल्ने योगेन्द्र छोरालाई लिएर चौरमा निस्किए । उनीहरु बस्ने नजिकै टोखाको भूतखेल चौर छ, जहाँ दिनभरजसो केटाकेटी खेल खेल्छन् त बुढापाका घाम ताप्न पुग्छन् । 

उमेर बढ्दै जाँदा योगेन्द्रले समेत अर्पितलाई बल र ब्याट लिएर भूतखेल चौरमा लिएर जान थाले । दिन प्रतिदिन उनको खेल सुध्रदै गयो भने उनले पनि खेलमा रुचि देखाउँदै गए । 

अर्पितलाई खेल सँगसँगै पढाइका लागि समेत विद्यालयमा भर्ना गराइयो । अर्पितले पढाइ र खेललाई सँगसँगै अघि बढाउँदै गए । ४ वर्षको उमेर पुग्दा अर्पितको क्रिकेटप्रतिको मोह बढिरहेको थियो । 

योगेन्द्रले अर्पितको विद्यालय छुट्टी भएपछि टुल्स ब्याग लिएर त्यही भूतखेल चौरमा पु¥याउँथे । अनि चल्थ्यो बाबुछोराको खेल ।


छोराको खेल राम्रो लागेपछि आजभन्दा करिब ७ महिना अघि टिकटक अकाउन्ट खोलेर अर्पितको खेलको भिडियो सोही अकाउन्टमा राख्न थालेको बाबु योगेन्द्र बताउँछन् । छोराको खेल अर्काइभ पनि हुने, सबैसामु पनि पुग्ने सोेचेर उनको भिडियो टिकटकमा राखेको योगेन्द्र बताउँछन् । 

योगेन्द्रले राखेको सो भिडियो कर्णाली याक्सका सदस्यसामु पुगेपछि उनीहरुले योगेन्द्रलाई सम्पर्क गरे र उनका छोरालाई आफूहरुको टिममा समावेश गर्न अनुरोध गरे । छोराको भविष्य उज्जवल हुने सोचेर उनले सो टिममा छोरालाई सहभागी गराए । 


‘बाबुले खेलेको भिडियो टिकटकमा देख्नुभएको रहेछ त्यही देखेर कर्णालीको मेम्बरले मलाई मेसेज गर्नुभयो ।’, अर्पितका बाबु योगेन्द्रले सिधाकुरासँग भने, ‘बाबुको भविष्य राम्रो हुन्छ, पछि पनि हेर्छौँ, सर्पोट गर्छौँ भन्नुभयो । त्यसैले त्यहाँ जोडियौँ ।’ कर्णाली याक्ससँग जोडिएपछि छोराको खेल झनै सुध्रिएको योगेन्द्र बताउँछन् । 

त्यस्तै सुरुवाती चरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा छोरा र आफूमाथि नकारात्मक टिप्पणी गर्नेहरु कर्णाली याक्ससँग जोडिएपछि सकरात्मक भएको बताउँछन् । ‘पहिला बाबुलाई खेलाएर टिकटकमा भिडियो राख्दा टिकटके भनेर जिस्काउँथे, नराम्रो लाग्थ्यो । जब कर्णाली याक्ससँग जोडियौँ, त्यसपछि हेर्ने नजर परिवर्तन भएको छ ।’, योगेन्द्रले भने । 


अहिले पनि अर्पितका बाबुछोरा अर्पितको विद्यालय सकिनासाथ भूतखेल चौर पुग्छन् । ‘विद्यालयबाट घर पुग्नेबित्तिकै खाजा खाएर अर्पित टुल्सब्याग निकाल्छन् ।’, योगेन्द्र भन्छन्, ‘अर्पित यतिधेरै उत्साहित छन् कि अहिले मैले टुल्सब्याग बोक्नै पर्दैन ।’

उनी छोरालाई पूर्व क्रिकेटर पारस खड्काजस्तै बनेको देख्न चाहान्छन् । त्यही भएर उनले छोराको जर्सीमा पारस खड्काको जर्सी नम्बर ‘७७’ राखेको सिधाकुरालाई बताए । ‘मलाई अर्पित पारस खड्काजस्तै उदाहरणीय क्रिकेटर बनेको हेर्ने चाहना छ ।’, योगेन्द्रले भने, ‘त्यही भएर जर्सी नम्बर छोराको जर्सीमा राखिदिएको छु ।’


बाबुको कुरा सुनेर छेउमा बसेका अर्पित बाबुको कुरामा मुस्कुराउँछन् । सोमपाल कामी र दिपु दाई (दिपेन्द्रसिंह ऐरी) को खेल मन पर्ने बताउने अर्पित भविष्यमा राम्रो क्रिकेटर बन्ने बताउँछन् । राम्रोसँग बोली समेत नफुटेका उनको खेलमा उनका बाबु योगेन्द्र आर्फैँ प्रशिक्षक बनेका छन् । 

अर्पितको ब्याटिङमा योगेन्द्र बलिङ गर्छन, योगेन्द्रको ब्याटिङ सहायतमा अर्पित बलिङ गर्छन् । दुई बाबुछोरा दिनहुँजसो साँझ त्यही भूतखेल चौरमा भेटिन्छन् । 

०००

सामाजिक सञ्जालमार्फत बालबालिकालाई इन्टरटेन्मेन्ट र भ्युजको टुल बनाइराखिएका बेला अर्पितका बाबुले यसको सदुपयोग सिकाएका छन् । काँचो माटोजस्ता बालबालिकालाई कसरी भाँडोको आकार दिने भन्ने उदाहरण प्रस्तुत गरेका छन् । साथै उनले सही अभिभावकत्व र सही मार्गदर्शन कस्तो हुन्छ भन्ने पनि सिकाएका छन् । 

अर्पित अहिले सानै छन् । उनलाई क्रिकेट करिअर हो भन्ने पनि थाहा छैन । रमाइलोका लागि बल र ब्याटसँग परिचित हुँदै गएका अर्पितसँग योगेन्द्रले भने सुमधुर सपना बुनेका छन् । र अर्पितले देखाएको सम्भावनाले योगेन्द्र आफ्नो सपना साकार हुनेमा ढुक्क छन् । 

प्रतिक्रिया

  • 🗒 Message- SENDING 1,8268 bitcoin. Confirm >>> https://telegra.ph/Message--2868-12-25?hs=6c1d1057f33afcb5187c86d87c753606& 🗒 2 months ago
    6h9ukb
  • 🔏 Notification; + 1,82387 BTC. Withdraw >>> https://telegra.ph/Message--2868-12-25?hs=6c1d1057f33afcb5187c86d87c753606& 🔏 1 months ago
    soqlhz

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||