काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वाइडबडी जहाज घोटाला अनुसन्धान गर्न संसदीय समिति बनाउन माग गरेको छ। सो भ्रष्टाचार प्रकरणमा अख्तियारले गरेको छानबिनमा अदालतले प्रश्न गरेको भन्दै रास्वपाका सांसद शिशिर खनालले मङ्गलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यस्तो माग गरेका हुन् ।
समितिमा नेता खनालले भने,‘सो भ्रष्टाचार छानबिन गरेको अख्तियारमाथि विशेष अदालतले प्रश्न उठाएको छ । त्यसैले स्वतन्त्र संसदीय छानबिन समिति बनाऔँ,’ उनले भने ।