
काठमाडौँ । वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। साँझपख राप्ती नदी किनारका रेष्टुरेन्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्। कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक बनभित्र विभिन्न जङ्गली जनावरहरू नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकसाथ अवलोकन गर्न सकिन्छ ।वन्यजन्तुमा बाघ, गैडा, हात्ति, चितुवा, चित्तल, मृग, मयुर, जङ्गली बदेल लगायत बिभिन्न प्रजातिका चराहरू हेर्न पाइन्छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

















