नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारीसहित ५ जनाले सफाइ पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्धको मुद्दामा दाबी नपुगेको भन्दै सफाई दिएको हो ।
२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी–२० लिगका क्रममा उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेको थियो । सीआईबीको छानबिनपश्चात उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको थियो।
सीआईबीले पक्राउ गरेर छानबिन गरेका उनीहरुले अदालतमा जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उक्त समयमा क्रिकेटर मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता धरौटी बुझाएर छुटेका थिए भने नविन कँडेल र रबि माझी फरार थिए । फरार रहेका उनीहरूले पनि सो मुद्दाबाट सफाइ पाएका छन्।