काठमाडौँ । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेला आजबाट सुरु भएको छ । बिहानै स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ।
माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
ने.सं ७२२ मा रणजीत मल्ल आफैँले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।
तेस्तै भक्तपुर को त्रिवेणीघाटमा पनि माधव नारायण वर्त सुरु भएको छ ।