काठमाडाैँ । आज जनवरी १ः इस्वी सन् २०२५ काे नयाँ वर्ष । संसारभर वर्ष २०२५ लाई भव्य स्वागत गरिएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । नेपालमा यसलाई अंग्रेजी नयाँ वर्ष पनि भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । समाचार एजेन्सीहरुले विश्वभरको नयाँ वर्ष स्वागतलाई यसरी तस्विरमा कैद गरेका छन् ।