नेभिगेशन
सबै कुरा

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

काठमाडौँ । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग गरिएको छ । पत्रकार महासंघ जिल्ला शाखा पर्साले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो । 

एमाले नेताको विवादास्पद पृष्ठभूमिबारे समाचार लेखेको भन्दै साहलाई एमाले कार्यकर्ताले कालोमोसो दल्ने धम्की दिएका थिए । सो बारे साहले महासंघ जिल्ला शाखामा लिखित जानकारी गराएका थिए ।

‘समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्टाटस लेख्नु लेख्न लगाउनु आपत्तिजनक छ,’ महासंघ जिल्ला समित पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक देखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यवहारलाई महासंघले नजिकबाट नियालिरहेको छ’

जिल्ला समिति पर्साले समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटोबाट विवाद समाधान गर्न सकिने भन्दै धम्की र त्रासको वातावरण अन्त्य गर्न पनि माग गरेको छ।  

सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शिर्षककाे समाचार लेखेका थिए। 

सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए । सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनार्दनले नपत्याउँदैमा पार्टीको आन्दोलन रोकिदैनः प्रचण्ड

जनार्दनले नपत्याउँदैमा पार्टीको आन्दोलन रोकिदैनः प्रचण्ड

उनले भने, ‘प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन रोकिदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ । यसलाई चर्काउने ढंगले प्रश्न गर्नु जरुरी पनि छैन ।...
आन्दोलनरत शिक्षक महासंघले नेकपा एमालेलाई बुझायो ध्यानाकर्षण पत्र

आन्दोलनरत शिक्षक महासंघले नेकपा एमालेलाई बुझायो ध्यानाकर्षण पत्र

सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले भन्दै, त्यसलाई सच्चाउन दवाव दिन शिक्षकहरु पुनः आन्दोलनमा होमिएका हुन  । विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य...
भूमि आयोगको कामलाई भोजपुरका स्थानीय तहले चासो दिएनन्

भूमि आयोगको कामलाई भोजपुरका स्थानीय तहले चासो दिएनन्

आयोगले बारम्बार छलफलमार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ्याङ्क आउन ढिलाइ हुने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष देवीराम चौलागाइँले...