नेभिगेशन
सबै कुरा

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

काठमाडौँ । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई एमाले कार्यकर्ता आफ्नो नेताविरुद्ध समाचार लेखेको भन्दै अभद्र व्यवहार गरेका छन् । 

सिधाकुरामा पुस १८ गते प्रकाशित ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ समाचारको विषयलाई लिएर एमालेका कार्यकर्ताहरुले सम्वादाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका हुन् । 

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरुले यस्तो चेतावनी दिएका हुन् । साहले सिधाकुराको केन्द्रिय कार्यालयलाई आफूलाई फोन गरेर समेत धम्की दिइएको बताएका छन् । 'मेरो फोटो सामाजिक सञ्जालमा पाेष्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिएका छन्’, साहले भने, ‘फोन गरेर समत यस्तो समाचार किन लेखेको भन्दै थर्काइरहेका छन् ।’ 

सिधाकुरामा समाचार प्रकाशित भएपछि स्थानीय एमाले कार्यकर्ता बिरेन्द्र पटेल र निखिलराज गिरीले यस्तो धम्की दिएका हुन् । आफूलाई फोन गरेर धम्की दिनेको भने परिचय नखुलेको साहको भनाई छ । घटनाबारे पत्रकार महासंघ जिल्ला शाखा पर्सालाई लिखित जानकारी गराएको र प्रहरीलाई पनि मौखिक जानकारी गराएको साहले बताए । 

साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस १४ गते पर्सा पुगेर आपराधिक पृष्ठमूमिका व्यक्तिलाई एमालेमा भित्र्याएको विषयमा समाचार लेखेका थिए ।

मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रीसमेत रहेका प्रमोद जयसवाल ज्यान मार्ने उद्योगमा १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर अहिले पनी मुद्दा खेपिरहेको विषय समाचारमा उल्लेख थियो । 

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनार्दनले नपत्याउँदैमा पार्टीको आन्दोलन रोकिदैनः प्रचण्ड

जनार्दनले नपत्याउँदैमा पार्टीको आन्दोलन रोकिदैनः प्रचण्ड

उनले भने, ‘प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन रोकिदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ । यसलाई चर्काउने ढंगले प्रश्न गर्नु जरुरी पनि छैन ।...
आन्दोलनरत शिक्षक महासंघले नेकपा एमालेलाई बुझायो ध्यानाकर्षण पत्र

आन्दोलनरत शिक्षक महासंघले नेकपा एमालेलाई बुझायो ध्यानाकर्षण पत्र

सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले भन्दै, त्यसलाई सच्चाउन दवाव दिन शिक्षकहरु पुनः आन्दोलनमा होमिएका हुन  । विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य...
भूमि आयोगको कामलाई भोजपुरका स्थानीय तहले चासो दिएनन्

भूमि आयोगको कामलाई भोजपुरका स्थानीय तहले चासो दिएनन्

आयोगले बारम्बार छलफलमार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ्याङ्क आउन ढिलाइ हुने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष देवीराम चौलागाइँले...