
२१ भदाै, काठमाडौं - काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगर र महानगर मातहतका कार्यालयहरुमा शोक बिदा दिएको हो ।
डेंगु रोग लागेका रिजालको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
रिजालको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले विज्ञप्तीमार्फत जानकारी गराएका छन ।