सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको हो ।
२०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले कांग्रेसका कारण संसद चल्न नसकेको र संसद अधिवेशन अन्त्य हुने बताएका थिए ।
नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।