काठमाडाैँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि धरपकड नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा अदालतले गृह मन्त्रालयसँग जवाफ माग गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
अदालतले धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषालाई पनि कारण देखाउ आदेश जारी गरेको छ ।
सिरोहियाले सोमबार सर्वोच्च अदालतमा गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध प्रतिषेधको रिट दायर गरेका थिए । रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको थियो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो । सो सम्बन्धमा धनुषाका प्रहरीले अनुसन्धान गरिरहेको छ ।
-
Usha Sharma Sapkota 8 months agoयसलाई नाङ्गेझार गराउनु पर्छ ।
-
Indra Oli 8 months agoआफूमाथि पर्दा प्रतिसोध ??? अझै अदालतको टेको समाउदै छ
-
Summer someness 8 months agoअदालतका धेरै न्यायमुर्तिहरुलाई आफ्नो पकडमा बस्तु किने सरि किनेर राखेको छ कि क्या हो? उस्ले जे गर भन्छ सोही कुरा तत्काल गर्दै छ। होइन हो संबैधानिक स्वतन्त्र सस्थां (न्यायपालिका) लाई कारिन्दा हरुले दुरुपयोग गराई जनबिस्वास ध्वस्त पार्ने देखियो। बिकाउ कारिन्दाहरुलाई सबै नेपाली नागरिकहरुले नजिक बाट चिनिराख् नु जरुरी छ है। अदालत एनिहरुले बिगार्दै छन।