काठमाडौँ । काठमाडौँको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण भइरहेको छ। काठमाडौँ महानगरपालिकाको १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ लगानीमा बनाउन लागिएको सो खेलमैदान ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको हुनेछ।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ भने वरिपरि सिमा पर्खाल हुनेछ ।
उक्त रंगशालामा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन्।