काठमाडाैँ । इमेज सहकारीको २ अर्ब बढी हिनामिना गरेर ६ महिनादेखि सम्पर्क विहीन भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफ्नो व्यक्तिगत ३ अर्बको सम्पत्ति रहेको दाबी गरेका छन् ।
सहकारीका अध्यक्ष नेपालीले सहकारी डुब्नुमा बचतकर्ता, ऋणी र कर्मचारीलाई दोष दिएका छन् । साथै उनले आफूले ३ अर्बको सम्पत्ति जोडेको दाबी गर्दै उक्त सम्पत्ति सहकारीको पैसाले नजोडेको भनेका छन् ।
अहिले भने उक्त घर जग्गा नामसारी गरिदिने वातावरण बनाइदिन आग्रह गरेका छन् ।