काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगले नाफा पुँजीकरण गरेमा लाभांश करमा छुट दिने व्यवस्था गरेको छ । अर्थ मन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरिएको हो ।
‘सूचना प्रविधि उद्योगले आफ्नो नाफा पूँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ ।