
काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । सो मूल्य शुक्रबार १ लाख ६८ हजार १०० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर १ हजार ९६० रुपैयाँ कायम भएको छ।