राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । जाजरकोट र रुकुम पश्चिमको वस्तुस्थिति र तत्काल चाल्नु पर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन् ।
लामिछानेले भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताको प्रसंसा गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई विशेष धन्यवाद दिएका छन् ।
विपद्का बेला समयमा नपुर्याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ फर्किएको बताउँदै उनले अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पुर्याउन अनुरोध गरेका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन् भने राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको देखिएको उल्लेख गरेका छन् ।
साथै लामिछानले उनले जाजरकोट जस्ता विकट ठाउँमा सामुदायिक रेडियोलाई जोगाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।