
काठमाडौँ । विशेष अदालतले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना हुने फैसला सुनाएको छ । फैसलमा उनीहरुले अनाधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको उल्लेख छ ।
फैसलामा भनिएको छ, ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अनाधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गर्ने प्रतिवादीहरु मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा, रजिष्ट्रेसन गरेको देखिएको अवस्था हुँदा मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसुरमा निज प्रतिवादीलाई मुख्य प्रतिवादी सरह नै जनही २ वर्ष कैद र बिगो बमोजिम ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ ।’