काठमाडौँ । चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले हस्तक्षेप गरेका छन् ।
भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले हस्तक्षेप गरि उनीहरु चढेको गाडीमा आगजनी गरेका हुन् । आगजनीका कारण गाडी जलेर पूर्णरुपमा ध्वस्त भएको छ । स्थानीयले बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन् । बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।