हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्थानीय तहको करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले मुल्यवृद्धि विरुद्ध पहिलो चरणको विभिन्न कार्यक्रम घोषणा गरेको हो ।
उपमहानगरले १५ औँ नगर सभाबाट राजस्व दरम हेरफेर गरेको थियो । जहाँ उपमहानगरले आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बढाइएको छ । सोही मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्ने उद्योग वाणिज्य संघले जनाएको हो ।
संघले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । संघको पहिलो चरणको आन्दोलन ५ दिन चल्ने बताएको छ ।
यस्ता छन् ५ दिनका आन्दोलनका कार्यक्रमहरु :
पहिलो दिनको कार्यक्रम :
साउन २८ गते बिहान ८ बजे दलका भातृसंगठन सँग छलफल, सहकारीका प्रतिनिधिसँग छलफल । १२ बजे आम व्यापारी भेला, ३ बजे पत्रकार सम्मेलन
दोश्रो दिनको कार्यक्रम :
साउन २९ गते माइकिङ शुरु । विभिन्न संघ संस्था , प्रदेश सरकार ,राजनैतिक दलका प्रतिनिधीलाई ज्ञापनपत्र बुझाउने । विभिन्न क्षेत्रसँग अन्तक्रिया गर्ने ।
तेश्रो दिनको कार्यक्रम :
साउन ३० गते बुद्धचोक लगायतका स्थानमा हस्ताक्षर संकलन । १ घण्टा हेटौँडा उपमहानगरमा शान्तिपुर्ण धर्ना । विरोध स्वरुप नगरका विभिन्न स्थानमा कालो ब्यानर राख्ने
चौथो दिनको कार्यक्रम :
साउन ३१ गते हेटौँडा उपमहानगरमा २ घन्टा शान्तिपुर्ण धर्ना, नगर सरकार खोज्दै मैनवत्ती जुलुस गर्ने
पाचौँ दिनको कार्यक्रम
साउन ३२ गते नगरमा र्यालीसहित आआफूनो व्यापार व्यवसाय बन्द गरि नगरमा चाबी बुझाउने र कोण सभा गरि पहिलो चरणका कार्याक्रम समापन गर्ने
त्यस्तै उपमहानगरले गरेको विभिन्न करको वृद्धिविरुद्ध अदालतमा सामुहिक मुद्धा दर्ता गराउने संघको तयारी छ ।