काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले १४० रनको टार्गेट दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
जनकपुरका लागि जेम्स निसमले ४५ रन, शुभ कंशकारले २६ रन, हर्ष थाकर र लहिरु मिलान्थाले १२–१२ रन बनाए ।
त्यस्तै सुदुरपश्चिम रोयल्सका लागि दीपेन्द्र सिंह ऐरीले तीन, विनाश बोहोरा र सैफ अली जैबले दुई- दुई, नरेन साउद र स्कट कुगेलेइनले एक–एक विकेट लिए ।
जारी खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।