सङ्कटमा प्रकृतिको कुचिकार ‘गिद्ध’, वासस्थान कै चुनौती

सिधाकुरा

१६ भदौ, गण्डकी ।  वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । 

पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत  स्थानमा करिब १५÷१६ वर्ष अघिसम्म ठूलै सङख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुँवाका कारण गिद्ध सङ्कटमा परेका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर बिसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर बिसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वास्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताए । 

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । 

औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिए । 

सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको देखिएको छ । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । 

त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँच÷पाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ । 

पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइड र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । समाजले तनहुँका तीन ठाउँ व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको छ । 

प्रतिक्रिया

The Reporter

ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||

  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै....

  • रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै छन्’ || SIDHAKURA ||
  • रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ? : राजेन्द्र लिङ्देन....
  • यी ६ काण्डको संसदीय छानबिन समिति चाहिन्छः स्वर्णीम वाग्ले || Swarnim Wagle....
  • दम छ भने मैले भ्रष्टाचार गरेको एउटा प्रमाण ल्याइयोस: केपी शर्मा ओली....
  • संसद्‌‌मा आकस्मिक समयको माग गर्दै रास्वपाको विरोध || SIDHAKURA ||
  • ट्रोल गर्दा जेल ? यो त अत्ति भयो - अधिवक्ता बाबुराम अर्याल....
  • 'सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको प्रश्न संसदमा उठ्छ' || SIDHAKURA ||
  • सहिदहरुले राणाबाट देश जोगाए, अहिले नेताले कब्जाले गरे || SIDHAKURA ||
  • पाथिभरामा केबलकार बनाउनुपर्छ: योगेश भट्टराई || SIDHAKURA ||
  • कांग्रेसका सचेतकले सरकार त अध्यादेशबाटै चलाउने भनेपछि... || SIDHAKURA ||
  • ‘अब यस्तो घटना कहिल्यै नदोहोरियोस्’ || SIDHAKURA ||
  • मैले खोक्न पाको छैन ICU मा देखाए, त्यो आश पुन्नेवाला छैनः प्रधानमन्त्री....
  • शत्रु लागेको भन्दै रविलाई वृद्ध आमाको जन्तर, रवि किन गए उच्च अदालत....
  • सहकारीका संचालकलाई भन्दा रविलाई मोटो धरौटी, के हो बैंक ग्यारेण्टी || SIDHAKURA....
  • फैसला आउनुअघि रुपन्देहीको अवस्था || Rabi Lamichhane Case Update || SIDHAKURA ||
  • अहिलेको प्रधानमन्त्रीले भन्दा राम्रो काम त म प्रधानमन्त्री भएको भए गर्ने थिएः....
  • सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||
  • रवि भेट्न अदालतबाहिर समर्थकको भिड, आज के के भयो ? || SIDHAKURA....
  • रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश || SIDHAKURA ||
  • राज्यले सोझा नागरिकमाथि लगाएको झुटा मुद्दाको जिम्मा कसले लिने ? – सोविता....
  • प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए || SIDHAKURA ||
  • रित्ताे गाग्री बोकेर हर्क साम्पाङ किन आए काठमाडौँ ? || SIDHAKURA ||
  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||