काठमाडौँ । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा सो एअरलाइन्सका ५ जना उच्च व्यवस्थापक समेत परेको खुलेको छ । काठमाडौँबाट पोखरा उड्न लागेको जहाज बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा आफ्नो कम्पनीका ५ जना उच्च तहका व्यवस्थापक परेको एक कर्मचारीले बताए । उनका अनुसार एअरलाइन्सका सुरक्षा प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्वीनकुमार निरौला, मेन्टेनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल, अपरेसन चिफ क्याप्टेन मनिषरत्न शाक्य र एयरलाइन्सका क्वालिटी एस्युरेन्स प्रमुख दीलिप बर्मा दुर्घटनामा परेका जहाजमा सवार थिए ।
जसमध्ये क्याप्टेन मनिषरत्न शाक्यबाहेक सबैको निधन भएको छ । क्याप्टेन शाक्यको भने दुर्घटनापछि उद्धार गरेर सिनामंगलको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो
२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज
दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि
सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस्
दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)
सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी
आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु
‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’
कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?
विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)
सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन